धनगढी— इजरायलमा बेपत्ता कञ्चनपुरका विपीन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री पुष्प कमल दाहालले बताएका छन्।
बेपत्ता बिपिनको खोजी कार्य तीब्र पारिएको उनले बताएका हुन्। कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले दाहालले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए। प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो।
सोहि क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म बेपत्ता छन्। प्रधानमन्त्री दाहालले अहिले इजरायलमा मात्र नभइ हमास आबद्ध देशहरुमा पनि खोजी भइरहेको बताए। ‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री दाहाल समाजवादी मोर्चाको कार्यक्रममा सहभागि हुन धनगढी पुग्दैछन्।