शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • कैलालीमा १२ जुवाडे पक्राउ

कैलालीमा १२ जुवाडे पक्राउ

  • बुधबार, अशोज २४, २०८०
कैलालीमा १२ जुवाडे पक्राउ

धनगढी —कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार