बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने

राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने

  • आइतवार, अशोज २१, २०८०
सेयर गर्नुहोस् :
राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँ, तिहार तथा छठ पर्वका लागि यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना (असोज २८) को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ ।

अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ ।

राष्ट्र बैँकले अघिल्ला वर्षमा झैँ यस वर्ष पनि व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार