• होमपेज
  • देश
  • अछाममा स्वास्थ्यकर्मी आन्दोलनमा

अछाममा स्वास्थ्यकर्मी आन्दोलनमा

  • बुधबार, अशोज १०, २०८०
अछाममा स्वास्थ्यकर्मी आन्दोलनमा

अछाम– देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरूले विरोधस्वरूप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरूले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सवा ठप्प रहने बताए ।

चर्चामा

सम्बन्धित समाचार