• होमपेज
  • देश
  • सुदूरपश्चिममा नमुना कामको प्रतिस्पर्धा, यस्तो छ देखिने कामको सुची

सुदूरपश्चिममा नमुना कामको प्रतिस्पर्धा, यस्तो छ देखिने कामको सुची

  • शनिबार, अशोज ६, २०८०
सुदूरपश्चिममा नमुना कामको प्रतिस्पर्धा, यस्तो छ देखिने कामको सुची

धनगढी —केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ। संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास, सेवाप्रवाह र जीविकामा सुधार ल्याउने खालका गतिविधि गर्ने जिम्मेवारी स्थानीय तहको हुन आउँछ।

सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये केहि पालिकाहरुले नमुनाको रुपमा स्थानीयले अनुभुति गर्ने गरी केहि काम अघि बढाइएको पाइएको छ। पछिल्लो समय केहि पालिकाहरुले नमुना कामको प्रतिस्पर्धालाई अघि बढाएको समेत देखिन्छ। कामको प्रतिस्पर्धाले काम नगर्ने पालिकालाई पनि काम गर्न बाध्य बनाउने अपेक्षा गर्न सकिन्छ।
बुढीगंगाको ‘विकास कचहरि’
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको बुढीगगा नगरपालिकाले ‘विकास कचहरि’ को अवधारणा प्रयोगमा ल्याएको छ। प्रत्येक वडामा दुईटाका दरले आधुनिक कृषि फर्म सञ्चालन, एक वडा एक प्राविधिकको अवधारणा प्रयोगमा ल्याउनुको साथै सुन्तला, कागती र लिची खेतीमा जोड दिइएको छ। यसबाहेक खानेपानी समस्या समाधान र खेलकूद पूर्वाधार निर्माणलाई वार्षिक कार्यक्रममा समेटेको छ।
चौरपाटीको कोदोसँग तराईको चापल साट्ने अवधारणा
सुदूरपश्चिमकै अर्को पहाडी जिल्ला अछामको चौरपाटी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराएको छ। माटो परीक्षण गरी फलफूल एवम् तरकारी खेतीका लागि सीपमूलक र व्यावसायिक तालिमको साथै विद्यालयमा दिवा खाजाको रुपमा कोदोको पुवा खुवाउने र कोदोसँग तराईको चामल साट्ने अवधारणा ल्याएको छ।

अछामको ढकारी गाउँपालिकाले चालु आवभित्र सबै घरमा विद्युत् जडान गर्ने भएको छ। गर्भवती महिलालाई मासिक एक हजार पोषण भत्ता उपलब्ध गराइएको छ। रोजगारमूलक तालिम, शिक्षा र स्वास्थ्य सुविधामा प्राथमिकता दिएको छ। कैलालीको भजनी गाउँपालिकाले सिंचाइका लागि विद्युत् सुविधा प्रदान गर्ने, डुबानमा पर्ने वस्तीलाई उँचो स्थानमा घर बनाउन सहजीकरण गर्ने, व्यावसायिक माछापालनका लागि प्राविधिक सहयोग गर्ने, बेलको जुस बनाउने उद्योग सञ्चालनमा जोड दिएको छ।
दशरथको धार्मीक आवासगृह
बैतडीको दशरथचन्द नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड दिएर काम गरिरहेको छ। त्रिपुरासुन्दरी, निङ्गलासैनी, ग्वाल्लेकेदारलाई लक्षित गरी धार्मिक आवासगृह सञ्चालन गरिरहेको छ। ‘हामी बनाउँछौ हाम्रो नगर’ भन्ने नाराका साथ काम भइरहेको छ।

कैलालीको टीकापुर नगरपालिकालाई सुन्दर पार्क, केरा खेती र डल्फिन पालनको रुपमा पनि चिनिन्छ। यहाँको मोहना नदीमा डल्फिनपालन भइरहेको छ। उज्यालो टीकापुर कार्यक्रम, समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना, साँढे चार करोडमा बनेको केरा पकाउने च्याम्वर सञ्चालन गर्नुको साथै पर्यटन र कृषिको विकास र सामाजिक सद्भावमा जोड दिइएको छ।
धनगढीका केहि नमुना काम
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले केहि नमुना कामको सुरुवात गरेको छ। निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, आमा बचाऊ अभियान, क्यान्सर स्वास्थ्य शिविर सञ्चालन, बजार क्षेत्रको मुख्य सडक विस्तार, आवधिक योजना निर्माण, सार्वजनिक जमीन, खोला, तालको अतिक्रमण हटाउने अभियान र प्लाष्टिक सामग्रीमा प्रतिबन्ध लगाउने काम भएको छ।

उपमहानगरले फोहरमैला व्यवस्थापन, उज्यालो धनगढी कार्यक्रम, हरियाली प्रवर्द्धन कार्यक्रम, स्मार्ट शौचालय निर्माणको सुरुवात, चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण र पूर्वाधार विकासका लागि संघ र प्रदेश सरकारसँग सहकार्य र साझेदारी गरिरहेको उपमहानगरले शिक्षाको विकासका लागि एक वडा एक नमुना विद्यालय कार्यक्रम अगाडि सारेको छ। उपमहानगरले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियान नै अघि सारेर विकासमा जनसहभागिता बढाउने काम गर्दै आएको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार