• होमपेज
  • देश
  • शिक्षकहरू घर फर्कंदै, बिदामा छुटेको कक्षा पढाइने

शिक्षकहरू घर फर्कंदै, बिदामा छुटेको कक्षा पढाइने

  • शनिबार, अशोज ६, २०८०
शिक्षकहरू घर फर्कंदै, बिदामा छुटेको कक्षा पढाइने

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ। महासंघका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ।

नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई धन्यवाद दिएको छ। आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन्।

विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यही असोज ३, ४ र ५ गते काठमाडौंमा आन्दोलन गरेको थियो। असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो।

चर्चामा

सम्बन्धित समाचार