• होमपेज
  • देश
  • गठबन्धनबाट नेकपा एसलाई निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

गठबन्धनबाट नेकपा एसलाई निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

  • सोमवार, अशोज १, २०८०
गठबन्धनबाट नेकपा एसलाई निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल
फाइल फोटो

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे । त्यस्तै उनले मुलुक अत्यन्तै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले समाज रूपान्तरणको क्रममा बाधा हुनेहरूलाई पन्छाउदै अघि बढ्नुपर्नेमा जोड दिए ।

चर्चामा

सम्बन्धित समाचार