• होमपेज
  • देश
  • गणतन्त्रका पक्षधरबाट देश बन्दैन, यी पार्टीहरुलाई पल्टाउनै पर्छः राजेन्द्र लिङ्देन

गणतन्त्रका पक्षधरबाट देश बन्दैन, यी पार्टीहरुलाई पल्टाउनै पर्छः राजेन्द्र लिङ्देन

  • बुधबार, भदौ २७, २०८०
गणतन्त्रका पक्षधरबाट देश बन्दैन, यी पार्टीहरुलाई पल्टाउनै पर्छः राजेन्द्र लिङ्देन

काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र धर्मनिरपेक्षता र संघीयताका पक्षधर पार्टीहरुबाट देश नबन्ने बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित पार्टीको विरोध सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै यिनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको बताएका हुन् ।

‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधर पार्टीहरु जो नेपालको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छो पार्टीसम्म सबै एउटै कित्ताका पार्टीहरु हुन् । यिनीहरु एउटै रङका पार्टीहरु हुन् । यिनै पार्टीलाई भोट दिएर, यिनै पार्टीलाई बोकेर यो देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नुजस्तै कुरा हो । साँढेको टाङ मुनी बाल्टी थापेर दुध आउँदैन,’– उनले भने ।

देशमा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरुले गणतन्त्रका पक्षधर पार्टीलाई पल्टाउन पर्ने उनको भनाई थियो ।

युवाहरुले देशमा गरी खाएको देख्न, शिक्षा, स्वास्थ्य जस्ता विषय अधिकारको रुपमा विकास भएको देख्नका लागि राप्रपालाई नेतृत्वका पुर्याउन आवश्यक रहेको उनले बताए ।

कांग्रेस, कम्युनिष्टहरुलाई नेपाली जनताले परिवर्तनका लागि साथ दिएपनि उनीहरु इमानदार हुन नसकेको लिङ्देनले बताए । राष्ट्रिय प्रजन्त्र पार्टी परिवर्तनका लागि अब सडकमा जाने पनि उनले उद्घोष गरे ।

सबै दलका नेताहरु विदेशीको जुठोपुरो खाएर उनीहरुको निर्देशनमा गणतन्त्र, धर्मनिरपेक्षको पक्षमा उभिएको उनको अरोप छ ।

चर्चामा

सम्बन्धित समाचार