• होमपेज
  • समाज
  • नेम्वाङको अन्त्येष्टिमा बिहीबार सार्वजनिक बिदा

नेम्वाङको अन्त्येष्टिमा बिहीबार सार्वजनिक बिदा

  • बुधबार, भदौ २७, २०८०
नेम्वाङको अन्त्येष्टिमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हुने भएकोले नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराएको हो ।

मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातका कारण मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार