सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • नेपाली कांग्रेसले भदौ २४ गतेदेखि ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने

नेपाली कांग्रेसले भदौ २४ गतेदेखि ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने

  • सोमवार, भदौ ११, २०८०
नेपाली कांग्रेसले भदौ २४ गतेदेखि ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने

काठमाडौं — नेपाली कांग्रेसले यही महिनाको २४ गते ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने भएको छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा महोत्सव गरिन लागिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा सम्भाषण हुनुका साथै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष आदि शीर्षकमा महोत्सवका सत्रहरु पनि चल्ने छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शिर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । उनका अनुसार महोत्सवमा कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुनेछन् ।

महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई अनुरोध गरिएको गरेको छ ।

भादौ २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा हुन लागेको उक्त महोत्सवको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने विश्वकर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार