सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • नुवाकोटमा गोरु जुधाएझैं कोशीमा दाहाल र नेपालले जनता भिडाए : अध्यक्ष ओली

नुवाकोटमा गोरु जुधाएझैं कोशीमा दाहाल र नेपालले जनता भिडाए : अध्यक्ष ओली

  • बिहिबार, भदौ ७, २०८०
नुवाकोटमा गोरु जुधाएझैं कोशीमा दाहाल र नेपालले जनता भिडाए : अध्यक्ष ओली

भक्तपुर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा जनताहरू भिडाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गरे ।

‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उफ्रेका को छन् भन्दा राई, किरात, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल,’ ‌ओलीले भने,’यी बाहुनले नुवाकोटमा हुन्छ एउटा खेल साँढे जुधाउने भन्ने ।

ती साँढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो-आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् ।’ उनले जनजातिका नाममा बाहुनहरूले लडाइएको हेरेर बसून् नहुने सबै सजग हुनेपर्ने बताए ।

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफैं संलग्न रहेको ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए । ‘हिजो हामी छलफल गर्दै थियौं, हिजो हामीले एउटा आयोग बनायौं, उच्चस्तरीय आयोग बनाउने निर्णय गर्‍यौं । त्यसले एक महिनापछि मात्रै काम थाल्छ, त्यो भन्दा अघि काम थाल्दा सत्ता पक्ष डरायो’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार