सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव चीन प्रस्थान

  • सोमवार, साउन २९, २०८०
उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाडौं — उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन्। ‘चाइना-साउथ एसिया एक्सपो’मा सहभागी हुन उनी नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन्।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो। भ्रमण टोलीमा उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा छन्।

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका थिए। बिदाई कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, नेपालस्थि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए। राष्ट्रपति यादव साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलामा सहभागी हुनेछन्।

चर्चामा

सम्बन्धित समाचार