• होमपेज
  • देश
  • आरजुलाई गगनको जवाफ- मलाई एनजीओमा काम गरेको अनुभव छैन

आरजुलाई गगनको जवाफ- मलाई एनजीओमा काम गरेको अनुभव छैन

  • सोमवार, साउन ८, २०८०
आरजुलाई गगनको जवाफ- मलाई एनजीओमा काम गरेको अनुभव छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानअनुसार समयबद्ध काम गर्न वार्षिक कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको बताएका छन्।

आफूले केन्द्रीय समितिमा पेश गरेको कार्ययोजनालाई केही केन्द्रीय सदस्यले एनजीओको विसलिष्ट भनेको पनि थापाले बताए।

केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्री थापाले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो भएको र यसले देश हाँक्न नसक्ने केन्द्रीय समितिमै बताएकी थिइन्।

सोमबार केन्द्रीय समितिमा बोल्दै महामन्त्री थापाले आरजुको नाम नलिई भने, ‘केही विद्वान साथीहरूले यो एनजीओको विसलिष्टजस्तो छ पनि भन्नुभयो। एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव त छैन।’

उनले पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको पनि बताए।

चर्चामा

सम्बन्धित समाचार