काठमाडौं — प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। आज आइतबार दिउँसो ३ बजे डाकिएको बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित भएको हो।
संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई स्थगित भएको बताएको हो। यसअघि आज बिहान प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गर्दै आएका छन्। एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ।