विराटनगर – बाबुआमाको अभावमा खाद्यान्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल– ५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १० हजार रुपियाँ सहयोग गरेका छन् ।
घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न दिदीलाई पुगेको आशयका समाचारहरू बाहिरिएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिकालाई सहयोग गरेका हुन् ।
पीडित बालबालिका बुबा कवि विक र आमा मनीषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन बितारइरहेका छन् ।
पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरूको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्यमन्त्री कार्कीले बताएका छन् ।