बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकको सरोकारवालासंग परामर्श तथा छलफल कार्यक्रम संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजना र आन्तरिक मामिला मन्त्रालयको सह आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
मन्त्रालयले बनाउन लागेको टेलिभिजन,रेडियो,अनलाइन र पत्रपत्रिकाको लागि अपनाइने कानुन तथा संचारका आचार संहिताको लागि प्रदेश कानुन समिक्षा तथा पुरनावलोकका सन्दर्भमा राय सुझाव संकलनका लागि सरोकारवाला परामर्श तथा छलफल गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सञ्चार माध्यम व्यवस्थापन विधेयक निर्माणका सैद्धान्तिक र कानुनी पक्षहरुको राय सुझाव संकलनमा प्रस्तुत गरिएको हो । प्रदेश सरकारले ल्याउने संचार विधेयकमा प्रदेशमा संचालन हुने विभिन्न खालका संचार माध्यमले लिनुपर्ने इजाजत प्रदेश राजधानीबाट गर्ने गरी कानुन निर्माण गर्ने लागेको आन्तरिक मामिला मन्त्रालयका विष्णु अवस्थीले बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदका उप सचिव कृष्ण प्रसाद नेपालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का,तीन वटै सुरक्षा निकायका प्रमुख, र जिल्लास्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु सहभागी थिए ।