शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • गेटामा विश्वविद्यलयको माग गर्दै धनगढीमा एमालेको प्रदर्शन

गेटामा विश्वविद्यलयको माग गर्दै धनगढीमा एमालेको प्रदर्शन

  • शनिबार, जेष्ठ २७, २०८०
सेयर गर्नुहोस् :
गेटामा विश्वविद्यलयको माग गर्दै धनगढीमा एमालेको प्रदर्शन

धनगढी– गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै धनगढीमा एमालेले प्रदर्शन गरेको छ। नेकपा एमाले कैलालीले शुक्रवार साँझ धनगढीमा प्रर्दशन गरेको हो। शुक्रवार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको छ।

एमालले मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ। गेटामा स्वास्थ्य विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत एमालले दिइएको छ।

गत माघ २९ गते सरकारले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।। तर जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा प्रतिष्ठान बनाउने र एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि कैलालीमा दैनिक आन्दोलन हुँदै आएको छ।

सुदूरपश्चिममा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठीत संघर्ष समितिले आइतवार आमहड्तालको घोषणा गरेको छ। सुदूरपश्चिमका यातायात सञ्चालक, व्यापारी–व्यवसायीहरुले पनि सर्मथन गरेका दाबी गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार