शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बल्दे सडकको बिषयमा सांसद पाण्डेको टोलीद्धारा अर्थ मन्त्रीको ध्यानाकर्षण

बल्दे सडकको बिषयमा सांसद पाण्डेको टोलीद्धारा अर्थ मन्त्रीको ध्यानाकर्षण

  • बुधबार, बैशाख ६, २०८०
बल्दे सडकको बिषयमा सांसद पाण्डेको टोलीद्धारा अर्थ मन्त्रीको ध्यानाकर्षण

बाजुरा — साफेँ मार्तडी सडक अन्तरगत बल्दे अम्कोट सडकको बैकल्पीक मार्ग सुचारु गर्न सासंद बद्री पाण्डेको टोलीले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका छन ।
बाजुराको जर्जर समस्याका रुपमा रहेको साँफे-मार्तडी सडक अन्तर्गत बल्दे-ओमकोट-द्वारी सडक खण्डको बैकल्पिक सडकलाई यही आर्थिक बर्षमा काम सम्पन्न हुने गरि अगाडी बढाउन अर्थ मन्त्री डा. प्रकाश शरण महत र भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको ताल बहादुर रावतले बताएका छन ।
सासंद बद्री पाण्डे लगायतको टोलीले बल्दे अम्कोट सडकका बिषयमा तत्काल काम सुरु गर्न मन्त्रीहरुलाई अनुरोध गरेको रावतले बताएका छन ।

बल्दे अम्कोट सडक बर्षाको समयमा पहिरोले अबरोध हुने हुदा बाजुराको सदरमुकाम लगायत पूर्वीउत्तर क्षेत्रका ४ स्थानिय तहका नागरिकले सास्थी खैप्दै आएकोले तत्काल यो काम अगाडी बढाउन सांसद पाण्डेको टोलीले ध्यानाकर्षण गराएको रावतले बताएका छन ।

May be an image of ticket stub

No photo description available.

चर्चामा

सम्बन्धित समाचार