• होमपेज
  • बाजुरा बिशेष
  • जिल्लाको बिकासमा कर्मचारीको महत्पुर्ण भुमिका रहन्छ : सांसद दानी

जिल्लाको बिकासमा कर्मचारीको महत्पुर्ण भुमिका रहन्छ : सांसद दानी

  • सोमवार, फाल्गुन ८, २०७९
जिल्लाको बिकासमा कर्मचारीको महत्पुर्ण भुमिका रहन्छ : सांसद दानी

बाजुरा — प्रदेश सांसद जुना कुमारी दानीले बाजुरा जिल्लाको बिकासमा कर्मचारीहरुले महत्पुणर् भुमीका निर्बाह गर्नुपर्ने बताएकी छन । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु संगकाे  परिचयात्मक कार्यक्रममा सांसद दानीले यस्तो बताएकी हुन । प्रदेश सांसदको सपथ ग्रहणपश्चात जिल्लामा पहिलो पटक आएकी सांसद दानीले परिचयात्मक कार्यक्रममा जनप्रतिनिधी भन्दा स्थायी सरकार कर्मचारी संग रहेकोले जिल्लाकाे बिकासमा तल्लिन भएर लाग्न आग्रह गरेकी छन ।

कर्मचारीहरुसंगको सम्बन्ध बलियो बनाउदै लैजाने बताएकी छन । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा गरिएको परिचयात्मका कार्यक्रममा बोल्दै सांसद दानीले जिल्लाको बिकासमा सबै कार्यालय प्रमुखहरुको महत्पुणर् सुझावलाई ग्रहण गरी अगाडी बढ्ने बताएकी छन ।
जिल्लाको बिकासमा स्थायी सरकार भनेको कर्मचारी संयन्त्र भएकोले जिल्लाको बिकासमा क्षेमताले भ्याय जती काम गर्न अनुरोध समेत गरेकी छन । प्रदेशमा हुने कार्यक्रममा बाजुराको बिकासका लागि के गर्न सकिन्छ राय दिन समेत कार्यालय प्रमुखसंग आग्रह गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार