• होमपेज
  • राजनीति
  • पुर्व प्रधानमन्त्री खनाल धनगढीमा, ‘सत्तारुढ गठबन्धन भत्किने कुनै संभावना छैन’

पुर्व प्रधानमन्त्री खनाल धनगढीमा, ‘सत्तारुढ गठबन्धन भत्किने कुनै संभावना छैन’

  • मङ्लबार, फाल्गुन २, २०७९
पुर्व प्रधानमन्त्री खनाल धनगढीमा, ‘सत्तारुढ गठबन्धन भत्किने कुनै संभावना छैन’

धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तारुढ गठबन्धन भत्किने कुनै संभावना नभएको बताएका छन्।

समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताएका हुन्।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने।

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताए। मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।

सोमबारदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिनेछ। सोमबार पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्। पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ।

चर्चामा

सम्बन्धित समाचार