आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कला /साहित्य
  • राजनीति नगरेर पनि साध्यछैन

राजनीति नगरेर पनि साध्यछैन

  • शुक्रबार, माघ २७, २०७९
राजनीति नगरेर पनि साध्यछैन

हिंजोका जस्ता दिन छैनन् डाँन बोस हुन्छ आज,
कारागार त बनेका छन बन्दी निर्दोश हुन्छ आज।

लेखेर राखियोस् मित्र पुँजिवादको तमाशा मनमा,
राम्रो कामगरे पछि अरूलाई अफ्सोश हुन्छ आज।

आफ्नो पराया त धनको तुलामा कैद भयो साथी,
नेकीकै आवरण भित्र मुनाफा उदघोष हुन्छ आज।

ठुलठुला शिसमहलमा पनि कारोबारछ पसिनाको,
जसरी भए नि धनकमाउँने किन जोस हुन्छ आज।

खोलेका छन सबैले झुठका दोकान यहाँ राजनिति,
पदप्रतिष्ठा आफुलाई नपुग्दा मात्र रोस हुन्छ आज।

राजनीति नगरेर पनि साध्यछैन अफ्सोश गर्दापनि,
सबैको ताकत नै भ्रष्टचार बाट आएको कोश भयो।

चर्चामा

सम्बन्धित समाचार