शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

  • बुधबार, पुस २०, २०७९
कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

धनगढी  –  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।

उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने,१२:३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने, साढे १ देखि साढे २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय दिइएको छ ।

पौने तीन बजे उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ३:३० सम्म उम्मेदवार उपर दाबी विरोध, चार बजेसम्म अन्तिम नामावली प्रकाशन, ४ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सुरत रावतले बताए ।

दलको नेतामा उम्मेदवारी दिन २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । कांग्रेसको प्रदेश कार्य समितिको कार्यालय परिसरमा मतदान हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार