• होमपेज
  • बाजुरा बिशेष
  • चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै बाजुरामा आजपनि प्रर्दशन

चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै बाजुरामा आजपनि प्रर्दशन

  • शुक्रबार, मंसिर ९, २०७९
चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै बाजुरामा आजपनि प्रर्दशन

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको बताउदै बाजुरामा अनेरास्ववियु ४ दिनदेखि आन्दोलित बनेको छ ।
चेतनको घटनाको विषयलाई लिएर ४ दिन देखि सदरमुकाम मार्तडी बजार तनावग्रस्त बनेको छ भने यता नागरिक भने आन्दोलनको त्रासले अस्थव्यस्त भएका छन् । चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरि कारवाही नगर्दासम्म अनेरास्ववियुले बाजुराकाे सदरमुकाम मार्तडीमा आज पनि प्रदशन गरेका छन ।

अनेरास्ववियु बाजुराले  ४ दिन देखिकाे बन्द हड्ताल भने फेर्ता लिइसकेकाे छ । त्यस्तै नेता चेतन ऐडिका हत्याराहरुको पक्राउमा प्रशासनको नियोजित ढिला सुस्ती विरुद्ध अनेरास्ववियु बाजुराले कोल्टीमा समेत प्रर्दशन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार