• होमपेज
  • कला /साहित्य
  • बिचारमा भन्दा व्यवहारमा निखार हुनैपर्छ

बिचारमा भन्दा व्यवहारमा निखार हुनैपर्छ

  • सोमवार, कार्तिक २८, २०७९
सेयर गर्नुहोस् :
बिचारमा भन्दा व्यवहारमा निखार हुनैपर्छ

बिचारमा भन्दा व्यवहारमा निखार हुनैपर्छ,
प्रतिनिधिलाई आफ्नै देशसँग प्यार हुनैपर्छ।

उमिदवार आज पनि दागी छन भने याहाँ,
जनताको मतले सबैलाई नाङ्गेझार हुनुपर्छ।

अहिले गम्भिर भयनौ भने पछुताउँनु पर्ला,
यो देशमा देशभक्तहरूको सरकार हुनैपर्छ।

संसदभित्र जोडदार आवाज उठाउँन सक्ने,
देशभक्त सँगै गणतन्त्रीक कर्णधार हुनैपर्छ।

सबै एकैनासे हुँदैनन् छन देशका सिपाई नि,
अब हाम्रो मानिसनुसारको व्यवहार हुनैपर्छ।

चर्चामा

सम्बन्धित समाचार