• होमपेज
  • समाचार
  • सदरमुकाम चैनपुरमा प्रहरीको भवन नै भूकम्पको उच्च जोखिममा

सदरमुकाम चैनपुरमा प्रहरीको भवन नै भूकम्पको उच्च जोखिममा

  • आइतवार, कार्तिक २७, २०७९
सदरमुकाम चैनपुरमा प्रहरीको भवन नै भूकम्पको उच्च जोखिममा

अर्थ जङ शाही/बझाङ — बझाङको सदरमुकाम चैनपुरमा रहेको वडा प्रहरी कार्यालयको भवन भूकम्पको उच्च जोखिममा परेको छ। गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङको सदरमुकाम चैनपुरमा रहेको वडा प्रहरी कार्यालयको भवन चर्किएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५.४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्‍याएको छ।

मंगलबार राती आएको भुकम्पले चर्किएका घरहरू शनिबारको भुकम्पले थप चर्किएका छन् । चर्किएका घरमा बस्न निकै जोखिम भएपछि नेपाल प्रहरीले माइकिङ गर्दै स्थानीयलाई बाहिर बस्न भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार