आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कला /साहित्य
  • अक्सर बाटो बिराए जस्तै सफर भयो

अक्सर बाटो बिराए जस्तै सफर भयो

  • बिहिबार, कार्तिक ३, २०७९
अक्सर बाटो बिराए जस्तै सफर भयो

अक्सर बाटो बिराए जस्तै सफर भयो,
उकालो र ओरालोको थुप्रै असर भयो।

भयौँ जिन्दगीमा पहिलो पल्ट झसिङ्ग,
दिएको अमृत समेत किन जहर भयो।

फूल सम्झिएर माला बनाउँन खोज्दा,
गलामा झुण्डाएको त्यो अजगर भयो।

दिनरात पसिना पोख्यो सिंगार्यो बतन,
त्यो पनि अर्काकै कांधमा निर्भर भयो।

हुन त जे भयो ठिकै भयो पछुतो छैन,
मनकै कुराले मष्तिकलाई खबर भयो।

पहिले म आफ्नै मन सँगपनि डाराउँथे,
तर यसपाली मष्तिककै पनि डर भयो।

चर्चामा

सम्बन्धित समाचार