बाजुरा — नेकपा एकिकृत समाजबादी प्रेस बाजुराका अध्यक्ष महेस कार्कीले संगठन छोडेर नेकपा एमालेमै समाहित भएका छन । नेकपा बिभाजन पछि एकिकृत समाजबादीमा गएका कार्कीले एक बिज्ञप्ती जारी गर्दै नेकपा एसमा नरहेको जनाएका छन ।
नेकपा एसको संयोजक बनाएको भए पनि सो संगठनमा सपथ समेत नखाएको र सो संगठनमा कहिल्यै नलागेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजो पनि समाजबादी नभएको र आज पनि समाजबादी नभएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनले समाजबादी छाडेसंगै नेकपा एकिकृत समाजबादी पार्टीको सुभेच्छुक संगठन समाजबादी प्रेस संगठन नेतृत्व बिहिन बनेको छ ।