सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन्। नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ।
गठबन्धनका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन्। ४ सिटमा छलफल चलिरहेको छ। हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ।
सुदूरपश्चिम प्रदेशको हकमा भने बाजुरामा नेपाली काँग्रेस, अछाम १ मा नेकपा एकीकृत समाजवादी, अछाम २ मा नेपाली काँग्रेसले पाउने भएको छ। यस्तै बझाङ नेकपा एकीकृत समाजवादीले पाउँदा डोटी पनि नेकपा एकीकृत समाजवादीलाई नै परेको छ।
यता कैलालीको क्षेत्र नम्बर १, ४ र ५ मा नेपाली काँग्रेस , २ र ३ माओवादी केन्द्रले पाउने भएको छ। दार्चुलामा नेपाली काँग्रेस, बैतडीमा माओवादी केन्द्रले पाउँदा डडेल्धुरामा नेपाली काँग्रेसले पाउने पब्बा भएको छ। यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाउने छ। भने क्षेत्र नम्बर २ र ३ मा नेपाली काँग्रेसले पाउने भएको छ।