अब एउटै झण्डा छोपौं नत्र बबाल हुनेछ,
जता ततै बिदेशीको मात्र सञ्जाल हुनेछ।
आमालें भन्नुहुन्छ छोरा खेतीगरौं आफैले,
नत्र देश भरीमै एकदिन अनिकाल हुनेछ।
देशभक्त जुनदिन हन्छन हाम्रो संसद मा,
त्यो दिन सिमानामा अग्लो पर्खाल हुनेछ।
फर्काए पछि त गुमेको हाम्रो देशको भूमी,
यही देश पनि पहिलेको झैं बिशाल हुनेछ।
खारेज गरौं यो महंगो छ संघिय ब्यबस्था,
सधै अखण्ड मधेश,पहाड, हिमाल हुनेछ।
ए साथी निजी स्वार्थमा नफाटौं आपसमै,
मिलेर बसौँ संसारकै शुन्दर नेपाल हुनेछ।