टेक बहादुर बुढा /बाजुरा — बाजुराको खप्तड छेडेदह गाउपालिका वडा नं ३ मा राष्ट्रिय भूमि आयोग समिति गठन गरेको छ ।
बुधबार एक कार्यक्रम का बिच समिति गठन गरिएको हो । बाजुराका सम्पूर्ण स्थानीय तह अन्तर्गत प्रत्येक वडामा राष्ट्रिय भूमि आयोग समिति गठन गर्नुपर्ने भएकाले खप्तड छेडेदह गाउपालिका ३ नम्बर वडामा पनि गठन गरिएको वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन् ।
यस राष्ट्रिय भूमि आयोगमा भूमि हिन दलित,भूमि हिन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने तथा अब्यबस्थित बसोबासको व्यावस्थापन गर्न प्रयोजनका लागि समिति गठन गरिएको हो ।
राष्ट्रिय भूमि आयोग समिति मा ने क पा एमाले बाट मन बहादुर धामी,माओवादी केन्द्र बाट दिल बहादुर रावत र नेपाली कांग्रेस बाट बिष्णु धामी चयन भएका छन । त्यस्तै किसान सङ्गठन बाट बिर बहादुर बुढा ,दलित समुहबाट सुर्य सुनार र महिला समुहबाट बिपना कुमारी रावत धामी समिति मा रहेका छन ।
यस समितीका संयोजक वडा अध्यक्ष बिर्क बहादुर रावत रहेका छन्। संयोजक रावतले भने वडामा फर्महरु पुगि सकेकाले भूमि हिन सुकुम्बासी तथा जग्गा नापी नभएको तर आफु बर्षौ देखि उपभोग गर्दै आएका छन भने सम्पर्क गर्न अनुरोध गरेका छg ।
यसको अन्तिम मिती यहि भाद्र २७ सम्ममा रहेको रावतले जानकारी गराए ।