• होमपेज
  • कला /साहित्य
  • हिउंदमा धुलो र बर्षमा हिलैहिलो

हिउंदमा धुलो र बर्षमा हिलैहिलो

  • बुधबार, भदौ ८, २०७९
हिउंदमा धुलो र बर्षमा हिलैहिलो

छि यो सडकपनि कती अगत्तीलो भयो,
हिउंदमा धुलो र बर्षमा हिलैहिलो भयो।

काम नै नगर्ने भ्रष्टचारी यो सरकार पनि,
जनताको छातीमा पाकेको पिलो भयो।

महंगीले जता पनि छटपटी लाग्छ आज,
दुद नि पानी मिसाई सएको किलो भयो।

देशलाई अब बिदेशीको बहुमत बनाउन,
नागरिकता प्रमाण पत्र नै सजिलो भयो।

हो देशभित्र त कृषि क्रान्तिनै नगरि नहुँने,
नेता भए अवसरबाद त्यसैले ढिलो भयो।

सिंग्गै खान न सकेर भित्रिएको संघियता,
अखण्ड देशको नी सातव़टा बिलो भयो।

चर्चामा

सम्बन्धित समाचार