गजल!

  • मङ्लबार, भदौ ७, २०७९
गजल!

वैज्ञानिक युगमा पनि कुसंस्कार पालेकाछन,
कतै छाडा त कतै पुराना बिचार पालेकाछन।

सबैलाई काम नगरी धनी बन्ने चाहाना भयो,
मान्छे हुन तर सैतानझै ब्यबहार पालेकाछन।

अनौठो लाग्छ मानिस भित्रको मानव हरायो,
जतापनि लोभ लालचको जंघार पालेकाछन।

स्वर्ग तुल्य देशमा बसेर पनि चयन छैन सथी,
कुन देशभित्र डेरा जमाउ दोधार पालेकाछन।

मानिस को सोंच कति निम्न हुंदोरैछ बुझियो,
आफ्नो घांटी लाई शेर्ने औजार पालेकाछन।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार