गजल!

  • शनिबार, भदौ ४, २०७९
गजल!

पद प्रतिष्ठाको लोभमा स्वाभिमान बिर्सियो,
आफ्नो देशको स्वतन्त्र सम्बिधान बिर्सियो।

पुग्यो साम्राज्यवादको काखमा हिंजोआज,
आफ्नो मात्रृत्व र आफ्नो सन्तान बिर्सियो।

गजबका दिन आउने रहेछन यि दलाल का,
नेताले पेटभर्यो शहिदको योगदान बिर्सियो।

छि घिन लाग्छ यिनलाई नेता भन्नै पनि अब,
बिदेशले फाल्यो हाड देशको शान बिर्सियो।

सांच्चै भन्दा थोरै होलान संसदमा देशभक्त,
धेरै जसो डालर र भारू ले उखान बिर्सियो।

धिकारछ ए बिदेशीका दलाल तिमिहरूलाई,
हजारौं शहिदका त तिमिले चिहान बिर्सियो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार