मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कृर्षि ज्ञान केन्द्रले गएको आर्थिक वर्षको प्रगति तथा आगामी कार्यक्रम सार्वजनिक

कृर्षि ज्ञान केन्द्रले गएको आर्थिक वर्षको प्रगति तथा आगामी कार्यक्रम सार्वजनिक

  • मङ्लबार, साउन ३, २०७९
कृर्षि ज्ञान केन्द्रले गएको आर्थिक वर्षको प्रगति तथा आगामी कार्यक्रम सार्वजनिक

बाजुरा — कृर्षि ज्ञान केन्द्र बाजुराले आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक प्रगति समिक्षा तथा २०७९÷०८० को आगामी कार्याक्रमको मंगरबार एक कार्यक्रमका बिच सर्बजनीकीकरण गरेको छ ।
गएको आर्थिक बर्षमा केन्द्रले गरेका कामको प्रगति सिकाईका बिषयमा कार्यक्रममा सार्बजनिक गरिएको छ । कृर्षि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले गएको आर्थिक बर्षमा केन्द्रय, प्रदेश सरकार र कृर्षि ज्ञान केन्द्रबाट संचालिन कार्यक्रमका भएको प्रगति प्रस्तुति गरेका थिए ।
कार्यक्रममा २०७९÷०८० संचालन हुने कार्यक्रमको बजेट समेत प्रस्तुति गरिएको थियो ।
कार्यालय प्रमुख हिरप्रसाद पनेरुको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्का रहेका थिए । बिशिष्ट अतिथि नगर उपप्रमुख नन्दा थापा अथितिहरुमा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख लगाएतका रहेको थिए । कार्यक्रमको संचालन कृर्षि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले गरेको थिए ।
कार्यक्रमको प्रस्तुतिकरण पछि सरोकारवाला निकायसंग ज्ञानकेन्द्रले गरेको कामबारे सुझाव संकलन गरेका थिए । शुझावमा कृर्षि ज्ञान केन्द्रले गरेको कामलाई थप मज्बुद बनाउन स्थानिय तहसंगको समन्वयमा तथ्याङ्कीय रुपमा एक रुपता हुन जरुरी रहेको बताए ।
यसरी समन्वय हुदा जिल्लाको खाद्यन्न, पोषण र कृर्षिको अवस्थाबारे जानकारी हुदा आगामी कार्यक्रम संचालनको लागि सहज र प्रतिफल निकाल्न सजिलो हुने बताए । कार्यक्रमलाई बितरण मुखी भन्दा पनि प्रतिफल मुखी बनउन सुझाएका थिए । कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको थियो ।
Padam

चर्चामा

सम्बन्धित समाचार