मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • राजनीति
  • जिल्ला समन्वय समिति बाजुराको निर्बाचन साउन ८ गते हुने, कार्यतालिका सार्बजनिक

जिल्ला समन्वय समिति बाजुराको निर्बाचन साउन ८ गते हुने, कार्यतालिका सार्बजनिक

  • सोमवार, साउन २, २०७९
जिल्ला समन्वय समिति बाजुराको निर्बाचन साउन ८ गते हुने,  कार्यतालिका सार्बजनिक

बाजुरा– जिल्ला समन्वय समिति बाजुराको निर्बाचन कार्यतालिका सार्वजनिक गरिएको छ । साउन २ गते निर्बाचन आयोग नेपाललाई सम्बोधन गर्दै मुख्या निर्बाचन अधिकृत्तको कार्यालयले कार्यतालिका सार्बजनिक गरेको हाे ।
बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहको बैसाख ३० गते र एक स्थानिय तहकाे असार २३ गते  निर्बाचन सम्पन्न गरिएको छ । बुढीगंगा नगरपालिकाको स्थानिय निर्बाचन असार २३ गते सम्पन्न पश्चाते असार ३२ गते कार्यपालिकाको निर्बाचन सम्पन्न भएको पत्र प्राप्त भएको छ ।
बुढीगंगा नगरपालिकाको पत्र प्राप्त पछि साउन २ गते जिल्ला समन्वय समितिको निर्बाचनका लागि कार्यतालिका सार्बजनिक गरिएको मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद धिमिरेले बताए । साउन ८ गते निर्बाचनको मिति तय गरेर कार्यतालिका सार्बजनिक गरिएको छ । साउन ३ गते ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नमावली सच्याउन र छुट नामावली समाबेसको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने तालिका तए गरिएको छ ।
साउन ४ गते मतदाताको बिरोध उजुरी, खण्ड ४ बमोजिम उजुरीको जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ । त्यस्तै साउन ५ गते उम्मेद्धारको मनोनयन पत्र दर्ता र मनोनयन दर्ता भएको उम्मेद्धारको सूची प्रकाशन गरिने छ ।
साउन ६ गते उम्मेद्धारको बिरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने भएको छ । त्यस्तै साउन ७ गते उम्मेद्धारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका निकालेको छ । त्यस्तै साउन ८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन, उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरि र निर्बाचन हुने कार्यतालिका सार्बजनिक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार