दुनियाँ सिंगार्यो जस्ले औजार बनायो,
जगमग घाम जास्तै यो संसार भनायो।
बिड्मबना भनौँ यो समाजमा तमासा,
समजले छुवा छुतको उपाहार बनायो।
जातिय बिभेदको त कहिलैई सकिएन,
लडाईलाई दुष्टले लुट्ने आधार बनायो।
भुंइको टिप्छु भन्दा खोल्टिको नै खस्छ,
आफ्नै स्वार्थले सधैभरी गद्धार बनायो।
ए साथी बुझ्नुपर्छ की अब त हामिपनी,
यो वुजुर्वा शानले देश नाङ्गेझार बनायो।
कहिलैई गुलाम भएन विरहरू को देश,
लोभले पुर्वजले आर्जेकै वेकार बनायो।
सुरेशकुमार पान्डे।