गजल!

  • शुक्रबार, असार ३१, २०७९
गजल!

आफ्नो कौसी बाट सूर्य उदाएको हेरिरहन्छुँ,
उस्तै सांझमा दिनदिनै अस्ताएको हेरीरहन्छुँ।

कती शुन्दरछ हाम्रो देश हिमालको काखमा,
पसु पंक्षिले पनि खुबै पच्छाएको हेरिरहन्छुँ।

शोशक र सोषित जहांपनि छन ब्यबस्थामा,
श्रमजिविहरूले धेरै दुःख पाएको हेरिरहन्छुँ।

पेटको भोकले नै सिकाउँछ मान्छेलाई केही,
धेरै युवाले नराम्रो बाटो समाएको हेरिरहन्छुँ।

केगर्न सक्छु भन भ्रष्टचार को बिरोध बाहेक,
निर्दोशले सधैभरी आंसु बगाएको हेरिरहन्छुँ।

उम्लिन्छ रगत नसा नसामा सिरा सिरामा नै,
जब दुष्टले हाम्रो नेता फकाएको हेरिरहन्छुँ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार