गजल!

  • सोमवार, असार २७, २०७९
सेयर गर्नुहोस् :
गजल!

मानिसले यो सोंच बदल्नु पर्छ,
अब प्रगतिशिल तर्फ ढल्नु पर्छ।

यो बुजुर्वा संस्कार किन पालौं,
जँहा सदैभरी आफै जल्नु पर्छ।

जिवन भरी नी पसिना पोख्दा,
शोशकको दयामा नै पल्नु पर्छ।

धनको होटछ बिषाक्त बिक्दा,
प्रणा नै नभय जस्तै गल्नु पर्छ।

यो धनमानको स्वर्ग भएको ले,
गरिवले त सधै हात मल्नु पर्छ।

उठौं जुटौं गरिब सर्वहारा हामी,
अब आइपर्ने सङ्ट छल्नु पर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार