शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ८ मा काँग्रेस उम्मेदवार रावल बिजयी

बुढिगंगा नगरपालिका ८ मा काँग्रेस उम्मेदवार रावल बिजयी

  • शनिबार, असार २५, २०७९
बुढिगंगा नगरपालिका ८ मा काँग्रेस उम्मेदवार रावल बिजयी

बाजुरा — बुढिगंगा नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बिराज रावललाइ काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।
विजयी रमेश बहादुर रावलले ३ सय ५९ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी बिराज रावलले ३ सय १ मत ल्याएका छन । सोही वडा बाट एमालेका मेयरको ३ सय ९७ काँग्रेस मेयरको २ सय ६६ र एमाले उपमेयर ३ सय ३६ काँग्रेस उपमेयर ३ सय ३२ मत ल्याएका छन् ।
यो वडाबाट नेपाली काँग्रेसको बिजयी सुरुवात भएको छ । १० वटा वडामा ५ वटा वडाको मतगणना सम्पन्न मध्य ४ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन । गणना भईरहेको वडा न ३ मा नेकपा एमालेको अग्रता रहेको छ ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार