बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएकाे छ । सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिगंगाले जनाएको छ ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।