शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश
  • थप ७८ जनामा कोरोना संक्रमण, ५ सय ८ सक्रिय संक्रमित

थप ७८ जनामा कोरोना संक्रमण, ५ सय ८ सक्रिय संक्रमित

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
थप ७८ जनामा कोरोना संक्रमण, ५ सय ८ सक्रिय संक्रमित

काठमाडौं — पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८४ नमूनाको पीसीआर र २ हजार १ सय ३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ६० जना र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण देखिएको हो।

कोरोनाका कारण बिहीबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज थप २३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार ५ सय ९८ पुगेको छ।

हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार