बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने आयोगको अनुमान छ ।

‘…तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेतका कारणबाट … २०७९ सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेश गरिएको छ’ आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले भने ।

चर्चामा

सम्बन्धित समाचार