अर्थ जङ शाही/बझाङ — नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको भेला ले मिलन राइको अध्यक्षता मा ९९ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ।
जसमा काठमाडौ जिल्ला बाट सुदिप शाहि केन्द्रीय सदस्य बनेका छन २०७४ साल देखि विप्लव ले नेतृत्व गरेकाे नेकपा बाट बिध्यार्थि राजनिति मा सक्रिय भई झापा जिल्ला संयाेजक भएर काम गरिरहेका थिए सिंह ले। पछिल्लो अबस्थामा विप्लव काे संसदीय संसाेधनवाद का विरुद्ध नेकपा बहुमत निर्माण भएर अखिल (क्रान्तिकारी )ले पुर्णता पाएकाे छ।
असार १२ गते सनराइज स्मृति दिवसको दिन भएको भेलाको उद्धघाटन नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ले गरेका थिए ।
बन्द सत्रको अन्तिम दिन नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’,प्रवक्ता सुदर्शन , सचिवालय सदस्यहरु दिपक चलाउने, गुणराज लोहनी, पुर्ण बहादुर सिंह र नयन सहित केन्द्रिय समितिका नेताहरुको उपस्तिथि रहेको थियो ।