मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • नेपाल मानवअधिकार बर्षपूस्तक २०२३ को अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

नेपाल मानवअधिकार बर्षपूस्तक २०२३ को अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

  • शुक्रबार, असार १०, २०७९
नेपाल मानवअधिकार बर्षपूस्तक २०२३ को अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा — नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याजतिका घटनाहरुको अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार १० गते सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जनवरी ०२२ देखि जुनसम्म संकलन गरिएका घटनाहरुको बारेमा समिक्षा गरिएको हो ।
इन्सेक प्रतिनिधि पदमबहादुर सिंहले जनवरी ०२२ देखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु २६ घरेलु तथा लैङ्गीक हिंसाका, २ बहुबिबाह सम्बन्धि, १ जातिय छुवाछुत सम्बन्धि, १ मानव ओसार पसार सम्बन्धि, ८ जर्बजस्ती करणी, ३ जर्बजस्ती करणी उद्योग र ८ झुण्डिएर आत्महत्या सम्बन्धिका घटना गरी ४९ घटनाहरु बारे जानकारी गराएका थिए ।
पूर्ब समिक्षा कार्याक्रममा प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले इन्सेकले मानब अधिकार उल्लघन तथा ज्याजतिका घटनाको संकलले जिल्लाको मानब अधिकारको दस्ताबेजका रुपमा रहेकोले जिम्मेवार निकाएले जिम्मेवार बन्नु पर्ने बताए । भौगोलिक बिकटता कम चेतनाका कारण ग्रामिण क्षेत्रका नागरिकलाई राज्यले पुर्याउनु पर्ने सेवा नदिन सकेको बताए । सबै नागरिकलाई सेवामा सहज जोड्न आफ्नो तहबाट लाग्ने प्रजिअ अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयकाप प्रमुख डिएस्पी सुर्य थापाले इन्सेक बाजुराले मानब अधिकार क्षेत्रको सवालमा गरेको वकालन तर पीडितलाई न्याए र पीडकलाई कानूनी प्रक्रियामा पुगाउन ठुलो भूमीका रहेको बताएका छन । जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले दुरदराजबाट बाहिर नआउ सकेका घटनाहरु बाहिर आउन सहयोग पुगेको डिएस्पी थापाले बताए ।
नेपाल पत्रकार महासघ बाजुराका निर्बतमान अध्यक्ष प्रकाश सिंहले इन्सेकले हिंसाका घटननसंगै दुरदराजका गरिबी, स्वास्थ्य, शिक्षा जस्ता समाजिक आथिर्क सवाललाई पनि बर्ष पुस्तकमा दस्ताबेजीकरण गर्नु पर्ने बताएका छन ।
महिला अधिकार मंचकी अध्यक्ष रुक्मीणी शाहले दुरदराजका महिलाहरुले अहिले पनि हिंसा सहेर बस्नु परेको अबस्था रहेकोले ईन्सेक बाजुराले सकरात्मक भुमिका खेलिदिनुपर्ने बताईन । हिंसामा परेकी महिला कानुनी निकाएसम्म पुगाउन कोही नचाहाने र सहयोग नगर्ने भएकोले हिंसा पीडित महिलाले हिंसा सहेर बस्ने पर्ने बाध्यता रहेको शाहले बताइन ।
दलित अधिकारकर्मी गोरख सार्कीले छुवाछुत सम्बन्धिका पीडित कानूनी निकाएसम्म नपुग्दै राजनितिकरण हुने भएकोले पीडितले न्याए पाउन नसेको बताएका छन ।
ईन्सेक बाजुराद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले प्रतिबेदनमा उल्लेख गरिएको तथ्याङक राम्रो रहेको र आगामी दिनमा पनि यसरी नै मानअधिकारका घटनाहरु समाबेश गर्न सुझाव दिएका छन । त्यो संगै कार्यक्रमका सहभागीहरुले मानवअधिकारका क्षेत्रमा भएका प्रयास र गरिएका कार्यहरुलाई पनि मानवअधिकार बर्ष पुस्तकमा समेट्न सुझाव दिएका छन ।
जिल्ला सदरमुकाममा आयोजित कार्याक्रमा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख सरोकारवाला महिला अधिकारकर्मी, दलित अधिकारकर्मी, पत्रकार गरी २५ जना बढीको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार