• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा अनेरास्ववियु र युवा संघ को राँके जुलुस

बाजुरामा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा अनेरास्ववियु र युवा संघ को राँके जुलुस

  • बिहिबार, असार ९, २०७९
बाजुरामा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा अनेरास्ववियु र युवा संघ को राँके जुलुस

बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडी र काेल्टीमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ बाजुराले सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा राँके जुलुस सहित बिराेध प्रदशन गरेकाे छ ।

अनेरास्ववियु र युवा संघ बाजुराले डिजेल, पेट्रोल, एलपी ग्याँस लगायत उपोभोग्य बस्तुमा गरेको चर्को मुल्य वृद्धिसंगै सरकारको ज्यादती र ब्यतिथीका विरुद्ध राँके जुलुस सहीत विरोध पर्दशन गरेको छ ।

नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो । डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ ।

त्यस बाहेक खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको पनि जनताको ढाँड सक्ने गरी मुल्य वृद्धी गरेको भन्दै मुल्य वृद्धी फिर्ता लिन माग सहीत राँके जुलुस र विरोध पदर्शन गरेको युवा संघका केन्द्रिय सदस्य चेतन ऐडीले बताएका छन् ।

जिल्ला सदरमुकाम मार्तडी र कोल्टीमा भएको राँके जुलुस र पदर्शनपछि सभालाई सँबोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरेका छन् । मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार