गजल!

  • आइतवार, असार ५, २०७९
गजल!

आफुलाई मात्र सबथोक ठान्ने भेट्टिन्छन,
कुन्नि किन नजानेर पनि जान्ने भेट्टिन्छन।

यस्तै बिचारले अलमल्लछुँ कहिले कसो,
कसैले नमानेता पनि सर्व मान्ने भेट्टिन्छन।

कसैकसैमा कतिधेरै अभिमान चुलिदोहो,
अनाप सनापमा बिचारले हान्ने भेट्टिन्छन।

जसले जिवन बिताए उनैको लागी याहाँ,
उनैले गुल्टाउन नै भिरमा तान्ने भेट्टिन्छन।

यो समाजलाई बुझ्न अपठ्यारो हुनेभयो,
जसले पाल्यो उसैलाई नै बान्ने भेट्टिन्छन।

जति सुकै इमानदारी देखाउँनोस आफुले,
तर आसे पासे र गासेलाई छान्ने भेट्टिन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार