
युवाहरू कोई खाडी कोई जापान देश कसरी बन्छ,
प्रतिगमनले फेरी घेरेछ सम्बिधान देश कसरी बन्छ।
देशमा भ्रष्टचार भयो भन्नेले नै दिनौ पलाटिङ्ग गय्रो,
नेताले जहाज रेलका गर्छ उखान देश कसरी बन्छ।
तमाशागर्छन यो देशमा साना ठुला खल पात्रहरूले,
लुटेकाछन भुटेकाछन जाना जान देश कसरी बन्छ।
आफैले लाहुर बाट आजिवन नारा लगाएं न्याय को,
देशमा सधैभरी लडाईकै आवहान देश कसरी बन्छ।
जनान्दोलनले सधै फाल्छ भ्रष्ट प्रसासन उस्तै भयो,
जस्लाई छानेपनी जनताले वेमान देश कसरी बन्छ।
जनताले चाहेको त देशभित्र शान्ति सुब्यबस्था सधै,
यहाँ त पूर्वि पश्चिमी चल्छ तुफान देश कसरी बन्छ।
सुरेशकुमार पान्डे।
