• होमपेज
  • राजनीति
  • यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगर उपप्रमुख

यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगर उपप्रमुख

  • बिहिबार, बैशाख ८, २०७९
यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगर उपप्रमुख

बाजुरा — बाजुराका चार नगरपालिकामा नेपाली काँग्रेस बाजुराले प्रदेश कमिटिमा नगर उपप्रमुखको नाम शिफारीस गरेको छ । नेपाली काँग्रेसको एक स्रोतका अनुसार बुढिगंगा नगरपालिकामा पुजा खाति र रिता शाहीलाई सिफारीस गरेको छ । त्यस्तै त्रिबेणी नगरपालिकामा करिश्मा ऐडि, कमला न्यौउपाने र गंगा गिरी सिफारीस भएका हुन् ।
बडिमालिका नगरपालिका बाट राधिका सिंह, रमा रावल, र धनी थापा परेका छन् । बुढिनन्दा नगरपालिका बाट रिता सिंह र सुनिता गुरुङको नाम नेपाली काँग्रेस बाजुराले प्रदेशमा सिफारीस गरेको हो ।
बाजुरा बाट काँग्रेसले चारवटा नगरपालिका प्रमुख र उपप्रमुखको नाम प्रदेशमा शिफारीस गरेको हो । गाउँपालिकाको उम्मेद्धवारको टुङ्गो नेपाली काँग्रेस जिल्ला कार्य समितिले नै लगाउने रहेको छ । नेपाली काँग्रेसका केही कार्यक्रताले पाटि सभापति रामसिं रावलले मनोमानी रुपमा सिफारिस गरेका भन्दै आक्रोश पोखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार