बाजुरा–जिल्ला अस्पताल बाजुरामा एकद्धार संकट ब्यबस्थापन केन्द्र स्थापना हुदा लैङगिक हिंसामा परेकाहरुका लागि सहज भएको छ । लैङिगक हिंसा न्युनिकरण तथा सहजीकरण गर्ने उदेश्यका साथ एकद्धार संकट ब्यबस्थापन केन्द्र स्थापना भएको हो । जिल्लामा हुने लैङिगक हिंसाका प्रभाबितहरुको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा दिनका लागि सो केन्द्रको स्थापना गरिएको मनोसामाजिक कार्यकर्ता सन्तोषी थापाले बताएकी छन ।
जिल्ला अस्पताल बाजुरामा २०७५ साल देखी एकद्धार संकट ब्यबस्थापन केन्द्र स्थापना भएको हो । बडिमालिका नगरपालिकाको तथा युएनएफपीले पनि एकद्धार संकट ब्यबस्थापन केन्द्रमा सहयोग गरिएको मनोसामाजिक कार्यकर्ता थापाले बताएकी छन ।
एकद्वार संकट व्यवस्थापन केन्द्रले हालसम्म ३ सय ५० भन्दा बढी लैंगिक हिंसा पिडित तथा प्रभावितहरुको राहत तथा पुनस्र्थापना गरिसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । असार यता मात्र ८४ जनाले सेवा लिएका छन् । जसमा १० जना पुरुष रहेको अस्पताल बाजुराले जनाएको छ ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र तथा सुरक्षित आवास गृह सञ्चालनमा आएपछि बाजुरा जिल्लाका ९ वटै पालिकाहरुका लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाइ ठुलो सहयोग भएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य परीक्षण तथा रिपोर्टिङ्ग, मानसिक तथा मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार र पुनस्र्थापना सेवाहरू एकद्वारबाट निशुल्क गरिदै आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश राज जोशीले बताए ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा यौनजन्य दूव्र्यवहार, बलत्कारमा शारिरिक परिक्षणका तथा मनोसामाजिक समस्या भएका पारमर्श हुने गरेको स्टाफ नर्स निशा रोकायाले वताईन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले सेवा दिने समन्वय गर्ने, परामर्श सेवा, रिफर गर्ने गरेको रोकायाले वताईन् ।
लैङ्गिक हिंसाको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल सरकारबाट स्वीकृत लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना, २०१० र लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ मा उल्लेख गरिए बमोजिम केन्द्रको स्थापना गरिएको युएनएफपीए बाजुराका कार्यक्रम संयोजक आत्मराम न्यौपानेले बताए । लैङ्गिक हिंसालाई प्रभावकारी तथा कुशलतापूर्वक सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरीएको न्यौपानेले बताए ।
युएनएफपिए लगायत अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग तथा तीनै तहका सरकारहरुसँगको साझेदारीमा नेपालका चार प्रदेशका १२ एकद्वार संकट व्यवस्थापन केन्द्रहरुको क्षमता अभिबृद्धि, दक्ष मानव संसाधनको क्षेत्रमा काम गर्दै आएको युएनएफपिएले जनाएको छ । उपलब्धता, प्रभावित-मैत्री गुणस्तरीय सेवा प्रवाहको सुनिस्चितता लगाएतका प्राविधिक सहयोग प्रदान गर्दैआइरहेको छ । एकद्वार संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृह संचालन तथा समुदायस्तरमा मनोसामाजिक कार्यकर्ताहरुको परिचालन पश्चात लैंगिक हिँसा पिडित तथा प्रभावित सेवाग्राहीहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।