मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • मुक्तहलिया बस्तिमा बाह्रै महिना खाद्य संकट

मुक्तहलिया बस्तिमा बाह्रै महिना खाद्य संकट

  • सोमवार, बैशाख ५, २०७९
मुक्तहलिया बस्तिमा बाह्रै महिना खाद्य संकट

बाजुरा–बाजुरा जिल्लामा रहेका मुक्तहलिया समुदायलाइ गाँस र बासको चिन्ताले सधै पिरोलिरहेको छ । शुदुरपश्चिम र कर्णाली प्रदेशमा हलिया परिवारको नाममा रहेको पुस्तौ पुस्तादेखिको ऋण मिनाहा सहित नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेपनि मुक्त हलियाहरुको अबस्था भने झन दयनिय बन्दै गएको छ । मुक्त हलिया बस्तिमा प्राय बाह्रै महिना खाद्य संकट हुने गरेको हलिया अगुवा हिक्मत वडले वताएका छन् ।
देशमा धेरै परिवर्तन भएपनि बाजुरा जिल्लाका मुक्त हलिया समुुदायलाई गासबासको निकै चिन्ता बन्दै आएको छ । मुक्तहलिया समुदाय अहिले चरम खाद्य संकट साथै बिभिन्न समस्याले भोगिरहेका भएपनि सरकार बेखबर बनेको जिल्ला हलिया मुक्तिसमाज बाजुराका अध्यक्ष लालबिर सार्कीले वताएका छन् ।
नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलीया मुक्त समाज बिच ५ बुधे सम्झौता भई मुक्त हलिया घोषणा गरेको थियो ।
सरकारले मुक्त हलिया घोषणा गरेपनि भने हलीया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा १७ सय भन्दा बढि हलीया रहेका जिल्ला हलीया समाज बाजुराले जनाएको छ । सरकारले तथ्याङ्क संकलन १६ सय ३४ जनाको भएको थियो । तर प्रमाणिकरण भने १३ सय ११ मात्र रहेका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
सरकारले हलीयाहरु सगँको सम्झौता अनुसार हलिया मुक्त घोषणा भने सरकाले तुरुन्त गरेको थियो, साथै केही परिवारलाई थोरै पुर्नस्थापनाका लागि सहयोग गरेको थियो । बाँकि सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगाएतका कुरा भने अझै कार्यान्वयन नहुदा हलियाहरु समस्यामा परेका मनबिर सार्कीले वताएका छन् ।
बुढिन्नदा नगरपालिका १ पिपलडालिका मनविरे लुवार बर्षभरी साहूको हलो जोत्ने काम गर्छन् । त्यस काम बाफत १ बोरा धान र १ बोरा गहूँ मात्र पाँउछन् । त्यसले पनि खान पुग्दैन । बाँकी समय स्थानिय कोल्टि बजारमा गएर ज्याला मजदुरी गरेर परीवार पाल्दै आएका छन् । पिपलडालिका दलित समूदायका ४८ परिवारको बसोवास रहेको गाउँका सवैै स्थानीय गैर दलितको हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको भएपनि पुर्नस्थापना नगर्दा हलिया बस्न बाध्य भएका दलित अगुवा प्रेम विकले बताए ।
यी जस्तै जिल्लामा रहेका १७ सय भन्दा बढि हलियाको अबस्था उस्तै छ । उनीहरु अहिले साहु प्रति सामन्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाई दिए के गर्ने भन्ने पीरले आफूहरु जस्तो सुकै कष्ट समेत सहन बाध्य भएको जयमल बिक बताउ“छन् । अर्को आर्थिक अभाबले बर्षौ देखि हलिया महिलाहरु रोग पाल्दै आएको स्थानिय मुक्त हलिया जयमल लुवारले वताएका छन् । कडा परीश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनिहरुको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार